aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सिटिइभिटी कार्यक्रममा अनुगमनबिनै तीन करोड ४० लाख भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ साउन २०७६
सिटिइभिटी कार्यक्रममा अनुगमनबिनै तीन करोड ४० लाख भुक्तानी

दैलेखको चामुण्डा माविले कालिकोटको खाडाचक्र नगरपालिका १ मा २० जना युवाका लागि जुनियर कम्प्युर हार्डवेयर तालिम सञ्चालन गरेको भन्दै भुक्तानीका लागि प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को कर्णाली प्रदेश कार्यालय सुर्खेतमा निवेदन दियो ।

तीन सय ९० घण्टाको तालिम सञ्चालन गरेबापत् विद्यालयले तीन लाख ३९ हजार २ सय रुपैयाँ भुक्तानी पायो । विद्यालयले भुक्तानीका लागि पेश गरेको विवरण र सिटिइभिटीको अनलाइन विवरणमा उल्लेख भएको विद्यार्थीको विवरण आपसमा मिल्दैन ।

कर्णाली प्रदेशका ६ हजार युवालाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने उद्धेश्यअनुसार सिटिइभिटीले अघिल्लो आर्थिक वर्षमा छोटो अवधिका तीन सय कार्यक्रम स्वीकृत गरेको थियो । प्रशिक्षार्थीलाई सीपसँगै खाजा खर्च दिइने कार्यक्रमका लागि सिटिइभिटीले अघिल्लो आर्थिक वर्षमा १० करोड ८० लाख रुपैयाँ खर्च गर्यो ।

त्यसमध्ये चामुण्डा माविले एक सय तीन कार्यक्रममार्फत दुई हजाुर ६० प्रशिक्षार्थीलाई तालिम दिएको भन्दै सिटिइभिटीबाट तीन करोड ४७ लाख ३१ हजार रुपैयाँ भुक्तानी लिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छापिएको हो ।

प्रतिक्रिया दिनुहोस