
एजेन्सी । अदानी समूहका अध्यक्ष गौतम अडानी विश्वकै छैटौं धनी व्यक्ति बनेका छन् । अदानी समूहका कम्पनीहरूको शेयरमा भएको अत्याधिक उछालका कारण गौतम अडानीको नेटवर्थमा पछिल्ला केही दिनमा ठूलो वृद्धि भएको छ । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार गौतम अडानीको कुल सम्पत्ति ११८ अर्ब डलर पुगेको छ ।
अदानीले नेटवर्थको हिसाबले विश्वका धेरै प्रमुख उद्योगपतिहरूलाई उछिनेको छ। विश्वका धनीहरूको सूचीमा उनले गुगलका सह(संस्थापक ल्यारी पेज र सर्गेई ब्रिन दुवैलाई पछि पारेका छन् । ब्लूमबर्गको धनी व्यक्तिको सूचीमा पेज ११६ अर्ब डलर सातौं स्थानमा झरेको छ भने ब्रिन १११ अर्ब डलर आठौं स्थानमा झरेका छन् ।
विश्वका धनीहरुको सूचीमा मुकेश अम्बानी ११ औं स्थानमा छन् । उनको कुल कुल सम्पत्ति ९७.४ बिलियन अनुमान गरिएको छ। यो वर्ष अहिलेसम्म अम्बानीको सम्पत्ति ७.४५ अर्ब डलरले बढेको छ ।
प्रतिक्रिया दिनुहोस