aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

रसिया युक्रेन युद्धमा परमाणु हतियार प्रयोग गर्ने तयारीमा !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० चैत्र २०७८
रसिया युक्रेन युद्धमा परमाणु हतियार प्रयोग गर्ने तयारीमा !

एजेन्सी । रसिया युक्रेन युद्धको बीचमा, परमाणु हमलाको खतरा फेरि गहिरो बन्दै गएको छ । रुसी राष्ट्रपति पुटिन एक हप्तामा दोस्रो पटक परमाणु ब्रिफकेससँग देखिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको शान्ति वार्ता अन्त्य भएको र मस्को सफल नभएसम्म आफूले सैन्य कारवाही बन्द नगर्ने बताइसकेका छन् ।  

यसअघि एउटा भिडियो सार्वजनिक भएको थियो जसमा पुटिनसँग उभिएका एक व्यक्तिले परमाणु ब्रिफकेस बोकेको देखिएका थिए । अहिले बेलारुसबाट एउटा भिडियो सार्वजनिक भएको छ जसमा पुटिन परमाणु ब्रिफकेस लिएर देखिएका छन् ।

पुटिनले धेरै पटक धम्की दिएका छन् । अब उनको हातमा रहेको परमाणु ब्रिफकेसको तस्विर झनै खतरनाक छ । पुटिन ७ दिन भित्र दोस्रो पटक परमाणु ब्रीफकेसको साथ देखिएका छन् । आखिर पुटिनको रणनीति के हो ? उनको नियत के हो ? यो प्रश्न यतिबेला सारा विश्वले डराएको छ ।
 

प्रतिक्रिया दिनुहोस