aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

विदेशमा रहेका नेपालीका लागि सञ्चित लगानी कोष स्थापना गरिने

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • विहीबार, ०१ बैशाख २०७९
विदेशमा रहेका नेपालीका लागि सञ्चित लगानी कोष स्थापना गरिने

काठमाडौं । रोजगारीमा रहेकालगायत विदेशमा रहेका नेपालीको लगानी अवसर सिर्जना गर्न सञ्चित लगानी कोष स्थापना गरिने भएको छ । बुधबार मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले बुधबार आयोजना गरेको भर्चुअल अन्तर्क्रियामा मन्त्री शर्माले भने, “हामी सञ्चित लगानी कोष स्थापना गर्दै छौँ । विदेशमा रहेका नेपालीले मासिक दुईरचार हजार डलरसम्म जम्मा गर्न सक्छन् । त्यो कोषलाई उच्च प्रतिफल दिने आयोजनामा खर्च गर्नेछौँ । 

उनले सरकारका तर्फबाट रकम थप गरिदिने पनि जानकारी दिए । उनले मुलुकको विकास र समृद्धिमा गैरआवासीय नेपालीलाई सहभागी गराउन प्रयास भइरहेको चर्चा गर्दै मुलुक सङ्कटमै पुगेको अवस्था नरहेको स्पष्ट पारे । उनले भने “तर सतर्क र सचेत भएर अगाडि बढ्नुपर्ने अवस्था भने आएको छ । 

प्रतिक्रिया दिनुहोस