
सरकारले विभिन्न देशमा रिक्त महावाणिज्यदूत र मिनिस्टर इकोनोमिकमा पदपूर्ति गर्ने क्रममा विना मापदण्ड हचुवाका आधारमा आफू निकटका सहसचिवलाई पठाउने निर्णय गरेको छ ।
विदेशमा रहेर आफ्नो देशको गरिमा बढ्ने गरी विदेशीहरू सँग महत्वपूर्ण ‘डाइलग’ गर्न सक्ने खुबी भएका सहसचिवलाई महावणिज्यदूत र मिनिस्टर इकोनोमिक बनाउनुपर्नेमा त्यसो नगरी भनसुन र सोर्सफोर्सलाई मुख्य आधार बनाएको पाइएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट परराष्ट्र मन्त्रालयका लागि सिफारिस गरिएका सहसचिव ईश्वरराज पौडेललाई अन्तिम समयमा आएर हटाएको छ ।
मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार पौडेलको नाम रातारात हटाइएको छ । जबकि सिफारिस गरिएका अन्य सहसचिवभन्दा पौडेल सक्षम योग्य र कुशल प्रशासकका रूपमा परिचित छन् । उनी अंग्रेजी भाषामा समेत राम्रो दख्खल राख्छन् ।
पौडेलको नाम हटाएर राखिएका अन्य र सिफारिस गरिएका कतिपय सहसचिव अंग्रेजीसमेत राम्ररी बोल्न नजान्ने रहेको बताइएको छ । जो सक्षम र योग्य छन् उनी नै हटाइए योभन्दा विडम्बना के हुन सक्छ रु’ एक सचिवले भने । यो समाचार आजको राजधानी दैनिकमा छापिएको हो ।
प्रतिक्रिया दिनुहोस