
भैरहवा । राष्ट्रिय जेष्ठ नागरिक समाज बाणगंगा नगरपालिका वडा नम्बर ६ कपिलवस्तुले दिवासेवा कार्यक्रम सम्पन्न गरेको छ । गत मंसिरदेखि शुरु भएको वडा स्तरीय घुम्ती कार्यक्रम चैत मसान्तमा सम्पन्न भएको हो।
वडाका विभिन्न टोलमा भएको कार्यक्रममा ५ सय जना जेष्ठ नागरिकको उपस्थित रहेको समाजका नगर सदस्य तथा वडा नम्बर ६ का अध्यक्ष खगिश्वर बेल्बासेले बताए । सरकारले जेष्ठनागरिकलाई प्रोत्साहन हुने खालको कार्यक्रम ल्याएर सबैलाई जम्मा हुने मनोरञ्जन दिने गर्दा सबै खुशी भएको बताउँदै सरकारले यस्ता कार्यक्रममा बजेट बढाउनु पर्ने र वर्षभरि नै कार्यक्रम गर्नु पर्ने अध्यक्ष बेल्बासेले बताए ।
सरकारले ल्याएको दिवासेवा कार्यक्रमले वृद्ध नागरिकलाई हौसला प्रदान गरेको र वर्ष भरि नै यस्ता कार्यक्रम गर्दा दिन बिताउन रमाइलो सँग सकिने घनश्याम उपाध्यायले बताए । सरकारले आगमी वर्षदेखि हरेक हप्ता गर्ने गरि योजना ल्याएमा वृद्धको सम्मान हुने कार्यक्रममा सहभागी चुरामणि रायमाझीले बताए ।
लुम्बिनी प्रदेस सरकारले ५० हजार अनुदान सहयोग गरेको छ । सचिव प्रेम भट्टराईले आगामी वर्षको बजेट बनाउदा सामाजिक सुरक्षा क्षेत्रका लागि बढाउन प्रदेश सरकारलाई आग्रह गर्ने आस्वासन दिएका थिए। कार्यक्रमको संरक्षण र रेखदेख वाणगंगा नरपालिका वडा नम्बर ६ को कार्यालयले गरेको थियो ।
प्रतिक्रिया दिनुहोस