
एजेन्सी । भारतका उद्योगी अडानी समूहका प्रमुख गौतम अडानी विश्वका छैटौं धनी व्यक्ति हुन् । केही समययता अदानी समूहका कम्पनीको शेयर मूल्य ह्वात्तै बढेका कारण उनको सम्पत्ति रातारात अर्बौ डलरले वृद्धि भइरहेको छ । यससँगै व्यापारको दायरा पनि फराकिलो भएको छ । जसका कारण गौतम अडानी र परिवारको सम्पत्ति कयौं गुणा बढेको छ ।
फोर्ब्सका अनुसार सन् २०१६ मा उनको सम्पत्ति ३.५ बिलियन डलर मात्र थियो । यसपछि सन् २०१७ मा ५.८ बिलियन डलर बढेर २०१८ मा ९.७ बिलियन डलर पुगेको छ । जहाँ २०१९ मा थोरै घटेर ८.७ बिलियन डलर पुगेको छ भने २०२० मा बढेर ८.९ बिलियन डलर पुगेको छ । यसपछि उनको सम्पत्ति अत्याधिक बढ्न थाल्यो । २०२१ मा यो बढेर ५०.५ बिलियन डलर पुगेको छ भने २०२२ भर्खरै सुरु भएको छ र उनको सम्पत्ति १२२ बिलियन डलर पुगेको छ ।
फोर्ब्सको रियल टाइम अर्बपतिहरूको सूची अनुसार गौतम अडानीको कुल सम्पत्ति अहिले १२१.७ बिलियन डलर छ । योसँगै उनी विश्वकै धनी व्यक्तिको सूचीमा छिट्टै परेका छन् । त्यस्तै, रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानी विश्वका शीर्ष १० अर्बपतिमा परेका दोस्रो भारतीय हुन् । उनी यो सूचीमा १० नम्बरमा छन् । फोब्र्सको वास्तविक समय सूची अनुसार उनको सम्पत्ति ९०.९ अर्ब डलर छ ।
यो सूचीमा अदानीभन्दा अगाडि ५ जना मात्र छन् । यसमा टेस्लाका प्रमुख एलोन मस्क (एलोन मस्क नेटवर्थ) विश्वकै धनी व्यक्ति हुन ्। उनको कुल सम्पत्ति २६५ बिलियन छ । यो सूचिमा दोस्रो स्थानमा अमेजनका जेफ बेजोस, १७७.६ बिलियन डलर, एलभीएमएचका बर्नार्ड अर्नाल्ट एन्ड परिवार १६८.१ बिलियन डलर रहेको छ ।
प्रतिक्रिया दिनुहोस