
काठमाडौं । चैत ३० गते बसेको मन्त्रिपरिषदले अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी)ले दिने करिब ८० अर्बको अनुदान सहायता नेपालले स्वीकार गरेको छ । अमेरिकाको सरकारका विभिन्न विकास नियकाबाट प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको हो । सरकराले कुल १ खर्ब रुपैयाँभन्दा बढी वैदेशिक ऋण र अनुदान स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को गत बुधबारको बैठकले ऋण अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले ६ सय ५९ मिलियन डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।
त्यस्तै, विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत प्राप्त हुने १८ अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहयोग पनि स्वीकार गर्ने निर्णय गरेको छ । नेपाल सरकार र अमेरिकी सरकारबीचको एमसीसी अन्तरगत करिब ६० अर्बको अनुदान सहायता पनि दिन लागेको प्रवक्ता कार्कीले बताएका छन ।
प्रतिक्रिया दिनुहोस