aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ बैशाख २०७९
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रिपरिषद् बैठकका निनर्णयहरु सार्वजनिक गरेका छन् । चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु शुक्रबार सार्वजनिक गरेका हुन् ।   

बैठकले अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी)ले दिने करिब ८० अर्बको अनुदान सहायता नेपालले स्वीकार गरेको छ । अमेरिकाको  सरकारका विभिन्न विकास नियकाबाट प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदका निर्णय सुनाउँदै मन्त्री कार्कीले ६ सय ५९ मिलियन डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए । त्यस्तै,  विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत प्राप्त हुने १८ अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहयोग पनि स्वीकार गर्ने निर्णय गरेको छ । 


 

प्रतिक्रिया दिनुहोस