aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

बालुवाटारको ११३ रोपनी जग्गा २०४९ सालमा नै व्यक्तिको नामा दर्ता भइसकेको थियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ बैशाख २०७६
बालुवाटारको  ११३ रोपनी जग्गा २०४९ सालमा नै व्यक्तिको नामा दर्ता भइसकेको थियो

काठमाडौं ।  बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको निर्णायक भूमिका रहेको भेटिएको छ । 

बस्न्यातले अख्तियारको प्रमुख आयुक्त हुनुभन्दा अघि तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव रहेका बेला पर्ती, सरकारी र राजकुलोको जग्गासमेत नक्कली मोहीका नाममा दर्ता गरिदिन मन्त्रिपरिषद पेस गरेको विवरण फेला पारेको छ ।

बालुवाटारको करिब ११३ रोपनी जग्गा २०४९ सालसम्म विभिन्न व्यक्तिको नामा दर्ता भइसकेको थियो भने करिब ३५ रोपनी जग्गाको बीचबीचमा पर्ने भागलाई विभिन्न टुक्रा बनाई व्यक्तिको नाममा दर्ता गरिएको थियो । त्यहाँ राजकुलो र बाटोसमेत थिए । 

प्रतिक्रिया दिनुहोस