aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतमा आर्थिक मन्दी शुरु भएको हो ? अटो उद्योग संकटमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ साउन २०७६
भारतमा आर्थिक मन्दी शुरु भएको हो ? अटो उद्योग संकटमा

एजेन्सी ।  पछिल्लो एक वर्षमा भारतका अटो उद्योगमा मन्दी छाएको छ । गत जुलाई महिनामा म्यासेन्जर गाडीको विक्रीमा भारी गिरावट आएको छ । गत महिना करिब ३० प्रतिशत आएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मरुती सुजुकीको विक्रीमा ३६ प्रतिशत, होण्डको ४९ प्रतिशतसम्म विक्रीमा गिरावट आएको छ ।

मारुती सुजुकीले जुलाईमा भारतमा पछिल्लो एक वर्षमा १५४१५ युनिट विक्री गरेकोमा यसवर्ष ३६.३० प्रतिशतको गिरावट हुँदै ९८२१० युनिट मात्र विक्री गरेको छ । सन् २०१७पछि पहिलो पटक मारुती सुजुकीको एक महिनामा एक लाखभन्दा कम उत्पादन बिक्रि भएको छ । त्यस्तै पछिल्लो समयमा नयाँ उत्पादन बजारमा ल्याएका हुन्डाइ मोटर इन्डिया, महिन्द्रा एण्ड महिन्द्राको पनि विक्रीमा भारी गिरावट आएको छ । 

 हुन्डाईको १० प्रतिशत, महिन्द्रा एण्ड महेन्द्राका १५ प्रतिशत, होण्डा ४९ प्रतिशत, टोयोटा २४ प्रतिशतले विक्रिमा गिरावट आएको छ । भारतीय अटो क्षेत्रमा देखिएको मन्दी भारतको अर्थतन्त्रमा देखिन थालेको मन्दीसँग तुलना गर्न थालिएको छ । भारतीहरुको क्रय शक्ति क्षय हुँदै गएका कारणले गाडी खरिद गर्ने मानिसको संख्यमा कमी भएको भारतीय अर्थशास्त्रीहरुले विष्लेषण गर्न थालेका छन् । 

भारतीय बीमा कम्पनीहरुको खर्च बढ्नु, करमा वृद्धि गैर बैैकिङ क्षेत्रमा तरलता अभावका कारणले सवारी साधनमा भारतीयहरुको लगानी कम हुँदै गएको छ । गैर वित्तीय क्षेत्रमा तरलता कम हुँदा वित्तीय क्षेत्रले सवारी कर कटौति गरेका छन् । 

भारतमा नयाँ गाडी खरिद गर्न आम्दानीले नपुग्ने भएपछि धेरै ग्राहकहरु पुराना गाडी खरिदमा लागेका कारणले पनि नयाँ गाडीको विक्रीमा कम भएको एक तथ्यांक समेत आएको छ । भारतमा पुराना गाडी बिक्रिमा संगठित सस्थाहरुको संलग्नता रहन थालेको छ । 

भारतीय कुनै पनि गाडी उत्पादन गर्ने कम्पनी सुधारको दिशामा छैनन । अप्रिल २०२०बाट बीएस ६ मानक अपनाउदा अटो उत्पादक कम्पनीको गाडी उत्पादन खर्च अझ बढ्ने छ । उत्सर्जन, बीमा र सुरक्षाका कारण भारतको गाडीको मुल्यमा एकवर्षमा १३ प्रतिशतदेखि ३० प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस