aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

नेटवर्किङ व्यवसाय गर्न चार वटा कम्पनीले पाए अनुमति

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, ०३ बैशाख २०७९
नेटवर्किङ व्यवसाय गर्न चार वटा कम्पनीले पाए अनुमति

काठमाडौं । सरकारले  थप  चारवटा  कम्पनीलाई  वस्तुको प्रत्यक्ष बिक्री गर्न इजाजत दिएको छ । वस्तुको प्रत्यक्ष बिक्रीसम्बन्धी निर्देशिका, २०७८ स्वीकृत भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता  संरक्षण  विभागले  ती  कम्पनीलाई  व्यवसाय सञ्चालन अनुमति दिएको हो । 

अनुमति पाउने कम्पनीहरूमा गोल्डेन नेपाल  मार्केटिङ  प्रालि,  जीएस  मल्टी  ट्रेड  इन्टरनेसनल प्रालि, अवर्जन ट्रेडिङ प्रालि र प्राइम अर्टस प्रालि रहेका छन् । यसअघि नौवटा कम्पनीले अनुमति पाइसकेका छन् । वस्तुको बिक्रीसम्बन्धी निर्देशिका नभएका कारण  एक  वर्षअघि  विभागले  इजाजत  रोकेको थियो ।

‘वस्तुको प्रत्यक्ष बिक्री’ भन्नाले इजाजत प्राप्त  उत्पादक  वा  वितरण  कम्पनीबाट  उपलब्ध  वस्तु  प्रत्यक्ष  रूपमा  उपभोक्तालाई  बिक्री गर्न‘ हो । ‘वस्तु प्रत्यक्ष बिक्री’मा उत्पादक आफैँले उपभोक्तालाई वस्तु बिक्री गर्छ । अरू व्यवसायको जस्तो उत्पादक र उपभोक्ताबीच तह ९थोक, खुद्रा बिक्रेता० हुँदैनन् । विभागका   प्रवक्ता   हरि   पङ्गेनीले   भने, “बीचमा कमिसन र मुनाफा खाने तह नहुँदा उपभोक्ताले कम मूल्यमा वस्तु प्राप्त गर्न  सक्छन्  ।”  अनुमति  पाएका  कम्पनीले  दैनिक  उपभोग्य  वस्तुलगायतका  सामान  बिक्री गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस