aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

इलोनलाई ट्वीटर किन्न असम्भव नभएपनि धेरै महँगो हुने निश्चित छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ बैशाख २०७९
इलोनलाई ट्वीटर किन्न असम्भव नभएपनि धेरै महँगो हुने निश्चित छ

एजेन्सी । टेस्लाका सीईओ एलोन मस्कले माइक्रो–ब्लगिङ साइट ट्विटर किन्न प्रस्ताव गरेर आजकल विश्वभरका समाचारमा हेडलाइन बनाइरहेका छन् । शुक्रबार ट्विटरले यसबारे आधिकारिक बयान दिएको छ ।

ट्विटरको बोर्ड अफ डाइरेक्टरले मस्कलाई ट्विटर किन्नबाट रोक्नको लागि नयाँ योजना बनाएको छ । ट्विटरको बोर्ड अफ डाइरेक्टरले पोइजन पिल भनिने सीमित–समयको शेयरधारक अधिकार योजना अपनाएको छ जसले एलोन मस्कलाई कम्पनी लिन गाह्रो बनाउन सक्छ ।

यसलाई एलोन मस्कको प्रयासलाई ठूलो धक्का दिने तयारीका रुपमा हेरिएका छन। ट्वीटर बोर्डले एक आधिकारिक प्रेस विज्ञप्तिमा भनेको छ यो योजना ट्वीटर कब्जा गर्नको लागी आकमर्ण हो ।  

यो शब्द ट्विटर बोर्डले ट्विटर किन्न एलोन मस्कको प्रयासलाई विफल पार्न अपनाएको हो ।ससँगै एलोन मस्कको ट्वीटर किन्नु असम्भव भने नहोला तर निकै महँगो हुने निश्चित छ ।

यो शेयरधारक अधिकार योजना तब मात्र लागू हुनेछ जब एक व्यक्ति, समूह वा संस्थाले ट्विटरको उत्कृष्ट साझा स्टक को १५ प्रतिशत किन्न प्रयास गरेका छन । एलेनसँग हाल ९ प्रतिशत शेयर छ । ट्विटर बोर्डले “अधिकार योजनाले सबै शेयरधारकहरूलाई उचित नियन्त्रण प्रिमियम तिर्न बिना कुनै पनि संस्था, व्यक्ति वा समूहले खुला बजारबाट कम्पनीको नियन्त्रण लिन खोज्ने सम्भावनालाई कम गर्नेछ ।“ बोर्डका अनुसार यो योजना १४ अप्रिल २०२३ सम्म लागू हुनेछ ।

एलोन मस्कले ४३ अर्ब डलरमा ट्विटर किन्न प्रस्ताव गरेका छन् । मस्कलाई पहिले सोसल मिडिया कम्पनीको बोर्डमा सिट प्रस्ताव गरिएको थियो । जुन मस्कले अस्वीकार गरेका थिए । उनले बोर्डमा सिटको प्रस्ताव अस्वीकार गरेपछि मात्र मस्कले हिस्सेदारी बढाउने तयारी गरिरहेको अनुमान गरिएको थियो । तर, उनले पूरै शेयर किन्ने प्रस्ताव गरेर सबैलाई चकित पारे ।

अर्कोतर्फ, इलोन मस्कको प्रस्तावलाई ट्विटरका शेयरधनी तथा साउदी अरबका राजकुमार अल वलीद बिन तलाल अल साउदले पनि अस्वीकार गरेका छन् ।  साउदी राजकुमारले ट्वीटमा लेखेका छन्, “मलाई लाग्दैन कि एलोन मस्क ( ५४.२०)) द्वारा प्रस्तावित ट्विटरको एक शेयरको मूल्य कम्पनीको वृद्धि सम्भावनालाई ध्यानमा राख्दै यसको आन्तरिक मूल्यको नजिक पनि छ । प्रिन्सले थप लेखेका छन्, “ट्विटरको सबैभन्दा ठूलो र सबैभन्दा पुरानो शेयरहोल्डरहरू मध्ये एकको रूपमा, किंगडम होल्डिङ कम्पनी र म यो प्रस्ताव अस्वीकार गर्दछौं । रासस

प्रतिक्रिया दिनुहोस