aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

स्वदेशमै मासिक एक लाख कमाइ, काम भ्याइनभ्याइ

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • आइतबार, ०४ बैशाख २०७९
स्वदेशमै मासिक एक लाख कमाइ, काम भ्याइनभ्याइ

काठमाडौं । धेरै पढेलेखेका युवा बेरोजगार छन् । जागिरको खोजीमा युवा भौँतारिरहेका छन् । स्वदेशमा अवसर नदेखेर  मासिक  २०–३०  हजार  रुपियाँका  लागि  विदेशिने युवाका सङ्ख्या कम छैन ।तर, सामान्य पढेलेखेका र सीप भएका व्यक्तिले स्वदेशमै मासिक एक लाख रुपियाँको हाराहारीमा आम्दानी गरिरहेका पनि छन् । चितवनको भरतपुर क्षेत्रमा घर निर्माणसम्बन्धी काम गर्दै आएका भानु चौधरी यस्तैमध्येका एक हुनुहुन्छ । अहिले  घर  निर्माण,  फर्निचर  बनाउने,  सजावटजस्ता काममा दक्ष जनशक्तिको अभाव छ । यसमा काम गर्नेले मासिक एक लाख रुपियाँभन्दा धेरै कमाइरहेका छन् । चौधरीले भने, “विदेशमा जस्तै  मिहिनेत  यहाँ  गर्दा  विदेशको  भन्दा  दोब्बर  कमाइ हुन्छ किन जाने बाहिर ?”

पाँच  वर्षअघि  दुबई  र  मलेसिया  गए  पनि  सोचेअनुसारको कमाइ गर्न नसकेपछि फर्कनुभएका चौधरी घर निर्माणसम्बन्धी काम गर्नुहुन्छ । “एक लाख लगानी गरेर विदेश जाँदा मासिक ३०–३५ हजार रुपियाँ कमाउन सकिन्छ । त्यहाँभन्दा कम परिश्रम  गर्दा  पनि  यहाँ  मासिक  एक  लाखदेखि  सवा लाख रुपियाँ कमाउने गरेको छु,” सप्तरीको कञ्चनपुर घर भएका ४० वर्षीय चौधरीले भन्नुभयो । चौधरीकै जस्तो काम गर्ने अरुको पनि कमाइ राम्रै छ । 

यस्तो सीप भएको स्वदेशी जनशक्ति कम रहेकाले अहिले भारतीयले अवसर पाइरहेका छन् । यी काममा दक्ष कामदारको मासिक ८० देखि ९० हजार रुपियाँ छ भने अदक्ष कामदारको मासिक ४० हजार रुपियाँ हुने गरेको ठेकेदार बताउँछन् । भारतको मोतिहारी घर भएका सुनीलकुमार चितवनमा फर्निचरसम्बन्धी काम गर्नुहुन्छ । मासिक आय ९० हजार रुपियाँभन्दा धेरै हुने गरेको उनले बताए । नयाँ निर्माण भएका घरमा झ्याल ढोका,  पलङ,  खाट,  टेवललगायतका  काठ  र  फर्निचरको काम गर्न उहाँलाई भ्याइनभ्याइ छ ।

प्रतिक्रिया दिनुहोस