aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

उत्तर कोरियाद्वार नयाँ क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ बैशाख २०७९
उत्तर कोरियाद्वार नयाँ क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण
फाइल तस्विर

एजेन्सी । उत्तर कोरियाले नयाँ हतियारको सफल परीक्षण गरेको दाबी गरेको छ । जसले आफ्नो सैन्य क्षमतामा उल्लेखनीय वृद्धि गर्ने समेत जनाइएको छ । यो नयाँ प्रकारको क्षेप्यास्त्र साना आणविक वारहेड बोक्न सक्षम रहेको विज्ञहरूको विश्वास छन ।  यसले उत्तर कोरियाले आणविक हतियार परीक्षणको तयारी शुरु गरेको देखाएको छ ।

दक्षिण कोरियाको सेनाले शनिबार राति उत्तर कोरियाले समुद्रमा दुईवटा मिसाइल प्रहार गरेको पुष्टि गरेको छ । उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मजयन्तीको अवसरमा यस्तो गरिएको हुन सक्ने अनुमान गरिएको छ ।

आइतबार बिहान उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले एक विज्ञप्तिमा किम जोङ उनले नयाँ प्रणालीको परीक्षण देखेको बताएको छ । विज्ञप्तिमा भनिएको छ, “लामो दूरीका हतियारहरूको क्षमतामा पर्याप्त सुधार गर्नेछ र रणनीतिक आणविक हतियारहरूको परिचालन क्षमतामा वृद्धि गर्नेछ ।’’
 

प्रतिक्रिया दिनुहोस