aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

श्रीलंकामा आर्थिक अबस्था गम्भिर बन्दै गएपछि शेयर बजार बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ बैशाख २०७९
श्रीलंकामा आर्थिक अबस्था गम्भिर बन्दै गएपछि शेयर बजार बन्द

एजेन्सी । श्रीलंकाको आर्थिक संकट निरन्तर गहिरिँदै गएको छ । लोन  डिफल्ट हुनबाट जोगिनका लागि मुलुकले केही समय अन्य देशको ऋण तिर्न नसक्ने घोषणा गरेको थियो । यसैबीच, शनिबार एउटा नयाँ रिपोर्ट आएको छ ।  कोलम्बो स्टक एक्सचेन्ज श्रीलंकाको मुख्य स्टक बजार अप्रिल १९ देखि पाँच दिनको बन्द गरेको घोषणा गरेको छ । श्रीलंकाको धितोपत्र आयोगले कोलम्बो स्टक एक्सचेन्जलाई बन्द गर्ने  आदेश दिएको हो ।

 लगानीकर्ताहरूलाई देशको आर्थिक अवस्था एजेन्सी ’ब्लुमबर्ग’ को एक रिपोर्ट अनुसार श्रीलंकाको धितो र विनिमय आयोगले शनिबार एक विज्ञप्ति जारी गर्दै भन्यो, “स्टक एक्सचेन्जको सञ्चालक समिति र अन्य सरोकारवालाहरूले बजारलाई अस्थायी रूपमा बन्द गर्न आग्रह गरेका छन् ।’’

यस विज्ञप्तिमा एसईसीले उनीहरूले बताएको आधारलाई राम्ररी विचार गरी देशको वर्तमान अवस्थाले शेयर बजारमा पार्ने प्रभावको मूल्याङ्कन गरेको जनाएको छ । यसपछि, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र अन्य ऋणदाताहरूबाट चार अर्ब डलर सहायता लिन श्रीलंकाको प्रतिनिधिमण्डल वासिङ्टन गएको एक्सचेन्जले जनाएको छ । मुलुक अहिले अभूतपूर्व आर्थिक संकटबाट गुज्रिरहेको छ । जसका कारण श्रीलंकामा खाद्यान्न र इन्धनको समेत अभाव भएको छ ।

आर्थिक संकटका कारण श्रीलंकामा पनि राजनीतिक संकटको अवस्था सिर्जना भएको छ । राष्ट्रपति गोताबाया राजापाक्षेको राजीनामा माग गर्दै जनता सडकमा उत्रिएका छन् । ८१ अर्ब डलरको अर्थतन्त्र भएको यो देशमा यस वर्ष ८ अर्ब ६ करोड डलर ऋणको दायित्व छ । तर, सरकारले केही समयका लागि सबै वैदेशिक ऋणको भुक्तानी स्थगन गरेको छ । सरकारले अत्यावश्यक वस्तु तथा इन्धन आयातमा विदेशी मुद्रा बचत गर्न यस्तो निर्णय गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस