
एजेन्सी । भारतका शेयर बजार लगानीकर्ता राकेश झुनझुनवालाले पहिले नै लगानी गरिसकेको कम्पनीमा आफ्नो हिस्सेदारी बढाएका छन् । राकेश झुनझुनवालाले नागार्जुन कन्स्ट्रक्सन कम्पनी (एनसीसी)को ४४ लाख बढी शेयर किनेका छन् ।
एनसीसी हैदराबादमा आधारित निर्माण र इन्फ्रा फर्म हो । यस कम्पनीमा राकेश झुनझुनवाला र उनकी श्रीमती रेखा झुनझुनवालाको संयुक्त लगानी आर्थिक वर्ष २०२१–२२ को चौथो त्रैमासिकमा १३.५६ प्रतिशतमा पुगेको छ । दुबैको अहिले कम्पनीको कुल ८.२७ करोड शेयर छ ।
एक्सचेन्ज फाइलिङका अनुसार चौथो त्रैमासिकको अन्त्यमा एनसीसीमा राकेश झुनझुनवालाको ६.६७ करोड शेयर अर्थात् १०.९४ प्रतिशत र उनकी श्रीमती रेखाको २.६२ प्रतिशत अर्थात १ करोड ६० लाख शेयर रहेको छ । यसअघि दुवैको डिसेम्बर त्रैमासिकसम्म कम्पनीमा जम्मा ७.८ करोड शेयर वा १२ दशमलव ८ प्रतिशत शेयर रहेको थियो ।
डिसेम्बर त्रैमासिकको अन्त्यमा झुनझुनवालासँग यस कम्पनीको ६.६७ करोड शेयर थियो । सोही क्रममा उनकी श्रीमती रेखाको १ करोड १६ लाख कित्ता शेयर रहेको थियो । जबकि दुवैले मार्च–२०२२ को त्रैमासिकमा थप ४४ लाख शेयर खरिद गरेका छन् ।
प्रतिक्रिया दिनुहोस