aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

अफगानिस्तानमा तीन करोड बीस लाख डलर बराबरको मानवीय सहयाता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ बैशाख २०७९
अफगानिस्तानमा तीन करोड बीस लाख डलर बराबरको मानवीय सहयाता

एजेन्सी । अफगानिस्ताले आइतबार तीन करोड २० लाख  अमेरिकी डलर बराबरको मानवीय सहायता प्राप्त गरेको बताएको छ । अफगानिस्तानका लागि विभिन्न अन्तर्राष्ट्रिय दाताहरुले सहयोग उपलब्ध गराइरहेका छन् । सोही बमोजिम आइतबार उक्त सहायता प्राप्त गरेको बताइएको हो । 

अफगानिस्ताको केन्द्रीय बैंक, द अफगानिस्तान बैंकले आइतबार ट्वीट गरेर यस विषयमा जानकारी दिएको थियो ।गत वर्षको अगष्टमा अफगानिस्तानको शासन व्यवस्था तालिबानले कब्जा गरेका थिए । तालिबान सरकारलाई दाताहरुले औपचारिक रुपमा वैदेशिक सहायता उपलब्ध गराएका छैनन् ।

जसका कारण आर्थिक समस्यामा परेको अफगानिस्तानका लागि विभिन्न विदेशी समुदायले मानवीय सहायता स्वरुप आर्थिक सहयोग तथा लत्ता कपडा एवं खाद्यान्न उपलब्ध गराउँदै आएका छन् । आइतबार सरकारले आर्थिक सहायता प्राप्त गरेको पनि सो बैंकले जानकारी दिएको छ । सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस