aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

‘क्रिप्टोकरेन्सी मनी लान्ड्रिङ र आतंकवादीमा प्रयोग हुने खतरा छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ बैशाख २०७९
‘क्रिप्टोकरेन्सी मनी लान्ड्रिङ र आतंकवादीमा प्रयोग हुने खतरा छ’

एजेन्सी । भारतको केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले विश्वलाई क्रिप्टोकरेन्सीबारे चेतावनी दिएकी छिन् । सोमबार अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा बोल्दै उनले फिनटेकको विस्तारसँगै क्रिप्टोकरेन्सीहरू मनी लान्ड्रिङ र आतंकवादीलाई आर्थिक सहयोगका लागि प्रयोग गर्न सकिने प्रमुख खतरा रहेको बताइन ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सम्मेलनमा आयोजित एक गोष्ठीमा अर्थमन्त्रीले भनिन, ‘सबै देशका लागि सबैभन्दा ठूलो खतरा सम्पत्ति शुद्धीकरण र आतंकवादलाई लगानी गर्न प्रयोग भइरहेको मुद्रा हो ।’ 

वित्तमन्त्री सीतारमण सोमबार अमेरिकाको आधिकारिक भ्रमणमा गएकी छिन् । जहाँ उनले विश्व बैंक, जी २० देशका वित्तमन्त्रीहरूको बैठक र केन्द्रीय बैंक गभर्नरको बैठकमा भाग लिने छिन् । भ्रमणको पहिलो दिन उनले आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाको अध्यक्षतामा भएको बैठकमा ‘मनी एट क्रसरोड’ विषयमा भएको छलफलमा भाग लिइन् ।


 

प्रतिक्रिया दिनुहोस