aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

सत्ता गठबन्धनका पार्टीले भागबण्डा मिलाए, कुन पार्टीले कुन महानगर पाए ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ बैशाख २०७९
सत्ता गठबन्धनका पार्टीले भागबण्डा मिलाए, कुन पार्टीले कुन महानगर पाए ?

काठमाडौं । आगामी स्थानीय निर्वाचनका लागि सत्ता गठबन्धनले तीन महानगरपालिकामा भागबण्डा लगाएका छन् । आज बलुवाटारमा बसेको बैठकले सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनको भागबन्डामा सहमति जुटाएको छ।

 नेपाली कांग्रेसलाई ३ महानगर तथा नेकपा माओवादी केन्द्र, नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीलाई एक/एक महानगर दिने सहमति गरेका छन् । 

नेपाली कांग्रेसले काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र विराटनगर महानगरपालिकामा उम्मेदवार उठाउने सहमति भएको छ भने माओवादी केन्द्रले भरतपुर  महानगरपालिका र समाजवादीलाई पोखरा महनगरपालिकामा उम्मेदवार उठाउने सहमति भएको छ। त्यस्तै, जनता समाजवादी पार्टीले विराटनगर महानगरपालिकाको भाग पाएको छ।
 

प्रतिक्रिया दिनुहोस