
एजेन्सी । भारतमा कोरोना महामारीको सहजता र अर्थतन्त्रमा रिकभरीसँगै मार्चमा वार्षिक आधारमा ६ प्रतिशतले रोजगारी बढेको छ । बैंकिङ र टेलिकम जस्ता क्षेत्रहरूले नयाँ कर्मचारी भर्तीमा सबैभन्दा बढी योगदान दिएका छन् । यसका साथै हस्पिटालिटी र ट्राभल क्षेत्रमा पनि कामदार बढेको छ । तर, इन्जिनियरिङ, सिमेन्ट, कन्स्ट्रक्सनसँग सम्बन्धित कम्पनीमा कामदार घटेको छ ।
मोन्स्टर एम्प्ला‘यमेन्ट इन्डेक्सका अनुसार भारतका १३ सहरको तथ्यांकका आधारमा आफ्नो हायरिङ रिपोर्ट तयार गरेको छ । ःयलकतभच भ्mउयिथmभलत क्ष्लमभह का अनुसार १३ सहरमध्ये ११ वटामा अनलाइन भर्नाले एक वर्ष अघिको स्तरभन्दा बढी भएको छ ।
भारतका सबै महानगरहरूमा वार्षिक रूपमा दोहोरो अंकको वृद्धिदर दर्ता भएको छ । २१% वृद्धिको साथ मुम्बई सबैभन्दा ठूलो रोजगार बजार हो । कोइम्बटूर २०% वृद्धिको साथ दोस्रो र चेन्नई र हैदराबाद १६% को साथ ई–जागीरको सूचीमा तेस्रो नम्बरमा छन् । बेंगलोरले १५% र पुणेले १२% को वृद्धि गरेको छ । कोलकाता र दिल्ली–एनसीआरमा १३–१३ % को वृद्धि रहेको छ ।
सूचकाङ्कामा बैंकिङ, वित्तीय सेवा र बीमाले मार्च २०२२ मा ३७ प्रतिशतको हायरिङ वृद्धि भएको देखाएको छ । टेलिकम÷आईएसपीले १७% को वृद्धि भएको छ । उत्पादन क्षेत्रमा १६% को वृद्धि भएको देखिएको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा पर्यटन पनि परेको छ । अहिले पर्यटन क्षेत्रमा पनि सुधार भएको छ । यसमा क्षेत्रमा पनि ११ प्रतिशतले रोजगारीमा वृद्धि भएको छ ।
अर्कोतर्फ, इन्जिनियरिङ, सिमेन्ट, निर्माण र फलाम÷स्टिल क्षेत्रका कम्पनीहरूमा भर्ती २० प्रतिशतले घटेको छ । मिडिया र मनोरन्जनमा पनि १६ प्रतिशतले गिरावट आएको छ
प्रतिक्रिया दिनुहोस