aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दुई ठूला भीआइपीबीच विवाद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ बैशाख २०७६
दुई ठूला भीआइपीबीच विवाद


काठमाडौं । कम्युनिस्ट पार्टीका नेताहरूभित्रै कतिसम्म प्रतिस्पर्धा र इगो हुन्छ भन्ने कुरा संसद सचिवालयमा खिएको छ । सत्तारुढ नेकपाका नेताहरूभित्रै को ठूलो भनेर टलस शुरु भएको   छ   ।   एमाले   पृष्ठभूमि   भएका  राष्ट्रियसभाका   अध्यक्ष गणेशराज   तिमिल्सिना   र   सचिव   राजेन्द्र   फुयाँल   तथा पूर्व   माओवादी   नेता   एवम्   प्रतिनिधिसभाका   सभामुख कृष्णबहादुर महरा र सचिव गोपालनाथ योगीबीच पछिल्लो समय विवाद देखिएको छ । 

उनीहरूबीच क्षेत्राधिकार र अस्तित्वलाई लिएर ठूलो विवाद छ । कानूनअनुसार   प्रतिनिधिसभाका   सभामुख   नै   अगाडि   र   ठूलो मानिन्छन्   ।   तर,   राष्ट्रिय   सभाका   अध्यक्ष   तिमिल्सिना   र   सचिव फुयाँलको   व्यक्तिगत   इगोका   कारण   संसद   सचिवालयभित्र समस्या देखिएको एक कर्मचारीले बताए । 

अध्यक्ष तिमिल्सिना र सचिव फुयाँलले १६ गतेको संसद अधिवेशन एकै ठाउँमा बस्न नदिने भएका छन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार वैशाख १६ गते अपरान्ह ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अलग–अलग बोलाइएको छ । 

कानूनी व्यवस्थाअनुसार दुबै सदनको बैठक संयुक्त रुपमा बोलाइनु पर्ने थियो । तर, त्यसो भएन । सभामुख महरा भन्दा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र सचिव फुयाँल हाबी भइरहेका छन् । माओवादी पृष्ठभूमि भएका
महराले केही गर्न नसकेको भनेर विरोध हुँदै आएको छ ।

पूर्वसभामुख एवम् नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको दवावमा महरा पनि केही कठोर कदम चल्ने पक्षमा छैनन् । राष्ट्रियसभाका अध्यक्ष र सचिवको दवावमा ठूलो घोटाला भएको आरोप पनि लागेको छ । कार्यकक्ष बनाउने विषयमा सार्वजनिक खरिद   ऐन   विपरित   काम   गरेको   भन्दै   उजुरी   परेपछि अख्तियारले समेत पत्र पठाएर छानविनको दायरामा राखेको छ ।

मर्मत खर्चको पैसा अध्यक्ष र सचिवले अर्थमन्त्रालयसँग ताकेता गरेर माग गरिरहेका छन् ।राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र सचिव फुयाँलले यसअघि संसद   सचिवालयका   कर्मचारीहरूको   सरुवा   र   बढुवामा   पनि   सिधै
हस्तक्षेप   गरेका   थिए   ।   उनीहरूको   आदेश   पालना   नगने{   कर्मचारीहरूलाई   समायोजनमा   फारम   नभर्दा   पनि जबरजस्ती समायोजनमा पारिएको छ ।

 अध्यक्ष तिमिल्सिना र सचिव फुयाँलले कानून विपरितका कार्य र हर्कत गर्दा समेत महराले कुनै   पनि   कदम   चाल्न   नसक्नुमा   कमजोरीका   रुपमा कर्मचारीहरूले लिएका छन् । स्रोतका अनुसार अध्यक्ष तिमिल्सिना र फुयाँलले   मनपरी   गरेर   हैरान   बनाएको   उजुरी   सभामुख महरासम्म पुगेको छ । महरा पनि दोधारमा परेका छन् । युनाइटेड पोष्टबाट

प्रतिक्रिया दिनुहोस