aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मलेसियामा कोभिड संक्रमण बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ बैशाख २०७९
मलेसियामा कोभिड संक्रमण बढ्यो

एजेन्सी । मलेसियामा पछिल्लो समयमा कोभिड १९ को संक्रमण बढेको पाइएको छ । गएको २४ घन्टा यतामात्र कम्तीमा पनि १२ जनाको ज्यान गएको छ । अधिकारीहरुले पछिल्लो समयमा दैनिक जसो कोभिडबाट मृत्यु हुने गरेको पनि बताएका छन् । उनीहरुका अनुसार गएको २४ घन्टा यतामात्र ६ हजार ६९ जना संक्रमित भएको पाइएको छ ।

अहिलेसम्ममा ४४ लाख भन्दा बढी संक्रमित भएका छन् भने ३५ हजार जना भन्दा बढीको कोभिडका कारण ज्यान गएको छ । कोभिड संक्रमण बढ्न थालेपछि स्वास्थ्य अधिकारीहरुले जनस्वास्थ्यका मापदण्डहरूको पालनामा पनि कडाइ गरेका बताइएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस