
साउन महिनाभर नेपाल तथा भारतका शिवालयमा जल चढाउने तथा पूजा गर्ने भक्तजनहरुको भीड लाग्न गर्छ ।
त्यस्ता भक्त एवं। तीर्थयात्री बोलबम, डाकबम, दण्डवत बम लगायत उपनामले पुकारिन्छन् । भारतको सीतामढीनजिक मढिया मन्दिरमा जल चढाउन जिल्लास्थित बागमती नदीको जल उठाउन आएका तीर्थयात्रीले शनिबार दिनभर सर्लाहीको बागमती नदी किनार भरिभराउ बन्यो ।
हजारौं तीर्थयात्रीको भिडले बागमतिसहित पूर्वपश्चिम राजमार्ग एवं। सदरमुकाम सलंगवासम्मको राजमार्ग अस्तव्यस्त बनेको थियो ।
तीर्थयात्राको बहानामा बोलबममा भेष धारण गरेर नेपाल आउने अधिकतर भारतीय युवा नेपालतर्फ बियरलगायत मदिराजन्य पदार्थ खुला सेवन गर्न पाइने भएका कारण आउने गरेको पाइएको छ ।। यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस