aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या घट्यो

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • विहीबार, ०८ बैशाख २०७९
नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या घट्यो

काठमाडौं । कोरोना महामारीका कारण लामो समय परियोजना बन्द हुँदा रोजगारीका लागि नेपाल आउने विदेशीको सङ्ख्या घटेको छ । विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या गत आर्थिक वर्षको तुलना घटेको हो।

गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालू वर्षमा नेपालका काम गर्ने चाहना राख्ने श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या ९ प्रतिशतले घटेको छ। गत वर्षको सो अवधिमा नयाँ श्रम स्वीकृति र सोको नवीकरण गर्नेको सङ्ख्या १ हजार ४१९ रहेकोमा चालू आवको फागुनसम्म  १ हजार २९२ रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ। अघिल्ला र आर्थिक वर्षमा भने रोजगारीमा नेपाल आउने बढेका थिए ।

प्रतिक्रिया दिनुहोस