aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

विश्वभरका अखबारहरूमा संकट गहिरो हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ बैशाख २०७९
विश्वभरका अखबारहरूमा संकट गहिरो हुँदै

एजेन्सी । विश्वभरका अखबारहरूमा संकट गहिरो हुँदै गइरहेको छ । पत्रिका छाप्ने  कागजको मूल्य भइरहेको द्रुत वृद्धिले पत्रिका प्रकाशनमा समस्या आइरहेको  छ । जसका कारण पत्रपत्रिका प्राप्त गर्नु चुनौतीभन्दा कम छैन । यो कागजको उत्पादन घटेको छ र आपूर्ति कमजोर भएको छ । यही कारण न्यूजप्रिन्टको मूल्य हालसम्मकै उच्च भएको हो ।

भारतको कुरा गर्ने हो भने भारतले आफ्नो ५० प्रतिशत न्यूजप्रिन्ट अन्य देशबाट खरिद गर्छ। डिसेम्बर २०२० सम्म आयातित न्यूजप्रिन्टको मूल्य प्रति मेट्रिक टन अमेरिकी डलर ३८० देखि ४०० थियो । जुन अहिले बढेर १०५० अमेरिकी डलरदेखि ११०० अमेरिकी डलर प्रति मेट्रिक टन पुगेको छ । न्युजप्रिन्टको मूल्य १७५ प्रतिशतभन्दा बढी बढेको स्पष्ट छ ।

भारतले आफ्नो कागजको आवश्यकताको लगभग ५० रूस, क्यानडा र युरोपबाट आयात गर्दछ । रुस–युक्रेन युद्धका कारण आपूर्ति अवरुद्ध भएको हो । क्यानाडामा अनिवार्य कोभिड खोपको कारण ट्रक चालकहरू हडतालमा गएका छन् । जसका कारण आपूर्ति बन्द भएको छ । त्यस्तै,  महामारीको समयमा अनलाइन किनमेल बढेको कारण ब्राउन पेपरको माग बढेको छ । समाचार छाप उत्पादन घटेको छ ।२०१७ मा विश्वले २३.८ मिलियन टन न्यूजप्रिन्ट उत्पादन गरेको थियो ।  अहिले यो ५० ले घटेर १३.६ मिलियन टनमा झरेको छ ।

जुलाई २०२० मा, चीनले आयातमा प्रतिबन्ध लगायो । जसका कारण चिनीया मिलहरुले पनि कच्चा पदार्थको अभाव झेल्नु परेको छ । यस्तो अवस्थामा चीनले पनि महँगो दरमा कागज माग्न थाल्यो । भारतीय मिलहरू पनि चीनमा निकासी भएसँगै देशमा कागजको संकट भयो ।
 

प्रतिक्रिया दिनुहोस