aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

त्रिविमा फेरि भागबन्डाकै चक्कर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ साउन २०७६
त्रिविमा फेरि भागबन्डाकै चक्कर

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा शनिबार प्राध्यापक लालुप्रसाद पौडेल नियुक्त भएका छन् । त्रिवि भूगर्भ विभागका प्रमुख पौडेललाई प्रधानमन्त्री तथा कुलपति कुलपति केपी शर्मा ओलीले सिंगापुर उड्नुअघि नियुक्त गरेका हुन् ।
उनी शिक्षाशास्त्र संकायको शैक्षिक योजना तथा व्यवस्थापन समितिका सदस्य हुन् । पर्वतका पौडेल पूर्वएमाले र गोरखाका ढकाल पूर्व माओवादी निकट हुन् ।
शिक्षामन्त्री तथा सहकुलपति गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन भएको ३ सदस्यीय समितिले शनिबारनै उनीहरुको नाम सिफारिस गरेको थियो । उनीहरुले नियुक्तिपत्र भने बुझिसकेका छैनन् ।
तत्कालिन अध्यक्ष, सदस्य र प्रशासकीय प्रमुखसहित १० जनाविरुद्ध कर्मचारी भर्नामा अनियमितता गरेको आरोपमा अख्तियारले मुद्दा चलाएपछि झन्डै एक महिनादेखि सेवा आयोग पदाधिकारी विहिन छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस