aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

पूर्वाधार नभएकालाई सम्बन्धन दिन दबाब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ साउन २०७६
पूर्वाधार नभएकालाई सम्बन्धन दिन दबाब

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन प्रतिष्ठानलाई तत्काल सम्बन्धन दिन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) लाई दबाब दिएको छ ।
मन्त्रालयले योगी नरहरीनाथ, नरबहादुर कर्माचार्य र गोरखाको जौटारमा रहेको गोरखा समाज अध्ययन प्रतिष्ठानलाई सम्बन्धन दिने तयारी गरेको हो ।

‘मन्त्रालयको दबाब आएपछि गत असार २८ गते सम्पन्न परिषद्को बैठकले मध्यरातमा तीन प्रतिष्ठानलाई सम्बन्धन दिने निर्णय गरेको थियो । जबकि छलफलमा कार्य्विधि तयार भएपछि मात्र सम्बन्धन दिने कुरा उठेको थियो तर निर्णय हुँदा तीनवटालाई सम्बन्धन दिने उल्लेख भएको रहेछ’–परिषद् उच्च स्रोतले भन्यो ।

उक्त स्रोतका अनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले आज आइतबारसम्म सम्बन्धन दिन दबाब दिनुभएको छ । ‘एकातिर कार्य्विधि बनाउने अर्को्तिर तीनवटा प्रतिष्ठानलाई जसरी पनि सम्बन्धन दिन दबाब आएपछि कसरी काम गर्ने रु यो गलत काम कसले रोक्ने ?’

नयाँ प्राविधिक शिक्षालय संचालनार्थ कार्य्विधि तयार भइरहेको अवस्थामा तीन प्रतिष्ठानलाई सम्बन्धन दिन आदेश आएको भन्दै समाचार स्रोत गुनासो गर्छ–पूर्वाधार नै नभएको र कुनै पनि अक्षय कोष खडा नगरेको प्रतिष्ठानलाई इञ्जिनियरिङ विषयमा अध्यापन गराउन सम्बन्धन दिन मिल्दै मिल्दैन ।’
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलका सल्लाहकार जीवन गौतमले परिषद्को निर्णयअनुसार तत्काल सम्बन्धन दिन दवाव दिएको स्रोतको जीकिर छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस