
काठमाडौं । नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एमालेले पार्टी काार्यालय च्यासलमा आयोजित कार्यक्रममा स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।
उक्त कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्रको सारांश पढेर सुनाएका थिए ।
एमालेले सार्वजनिक गरेको घोषणापत्रमा विगत सरकारमा गरेका काम र आगामी गर्ने कामका विषयवस्तु समेटिएका छन् । जसमा एमालेले धरहरादेखि कुर्था– जयनगर रेल मार्गको निर्माणको समेत चर्चा गरिएको छ । यी कामहरु आफू सरकारमा हुँदा बनाएको एमालेको दाबी छ ।
प्रतिक्रिया दिनुहोस