aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भारतमा क्रेडिट कार्ड जारी गर्न नयाँ नियम लागू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० बैशाख २०७९
भारतमा क्रेडिट कार्ड जारी गर्न नयाँ नियम लागू

एजेन्सी । भारतीय रिजर्व बैंक (आरबीआइ) ले क्रेडिट कार्ड जारी गर्ने र सञ्चालन गर्ने सम्बन्धमा नयाँ निर्देश जारी गरेको छ । बैंकले ग्राहकको अनुरोधमा सम्पूर्ण बक्यौता चुक्ता भई सात कार्यदिवसभित्र क्रेडिट कार्ड बन्द गर्ने प्रक्रिया पूरा नगरेमा जरिवाना लिने नियम बनाएको छ । उक्त दिनमा बक्यौता नतिरे रु ५०० जरिवाना तिर्नुपर्ने बताएको छ । यो दिशानिर्देश जुलाई १, २०२२ देखि लागू हुनेछ ।

यदि क्रेडिट कार्ड धारकले ब्यालेन्स रकम भुक्तान गरेको छ भने क्रेडिट कार्ड बन्द गर्नको लागि सात दिन भित्र उक्त काम गरिसक्नु पर्ने छ । कार्डधारकले क्रेडिट कार्ड बन्द भएको बारे तुरुन्तै एसएमएस वा इमेल मार्फत क्रेडिट कार्डलाई सूचित गर्न आवश्यक पर्ने छ । 

कम्पनीहरूले कार्डधारकहरूलाई हुलाक वा अन्य तरिकाले काडै बन्द गर्न बाध्य पार्न पाउँदैनन्। यसले अनुरोध प्राप्त गर्न ढिलाइ हुन सक्छ । कार्ड जारी गर्ने कम्पनी वा बैंकले सात दिनभित्र क्रेडिट कार्ड बन्द गर्ने प्रक्रिया पूरा नगरेमा खाता बन्द नभएसम्म प्रत्येक दिन रु ५०० जरिवाना तिर्नुपर्नेछ ।

एक वर्षभन्दा बढी समयसम्म क्रेडिट कार्ड प्रयोग नगरेमा बैंकले कार्डधारकलाई जानकारी दिएर क्रेडिट कार्ड खाता बन्द गर्ने प्रक्रिया सुरु गर्न सक्छ । यदि कार्डधारकले ३० दिन भित्र जवाफ नदिएमा कार्ड जारीकर्ताले सबै बिलहरू क्लियर भएमा कार्ड बन्द गर्न सक्छ । कार्ड जारीकर्ताले कार्ड बन्द भएको मितिले ३० दिन भित्र क्रेडिट जानकारी कम्पनीलाई जानकारी गराउनु पर्नेछ ।

क्रेडिट कार्ड खाता बन्द गर्दा, यदि क्रेडिट कार्ड खातामा केहि क्रेडिट ब्यालेन्स छ भने त्यसलाई कार्डधारकको बैंक खातामा स्थानान्तरण गर्नु पर्ने नियम बनाएको छ । 

प्रतिक्रिया दिनुहोस