aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

अबको २८ वर्षमा विश्वका धनी देशको स्थान यसरी फेरिने छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० बैशाख २०७९
अबको २८ वर्षमा विश्वका धनी देशको स्थान यसरी फेरिने छ

एजेन्सी । एसियाकै धनी व्यक्ति गौतम अडानीले सन् २०५० सम्ममा भारतले जीडीपीमा अमेरिकालाई उछिनेको विश्वास व्यक्त गरेका छन् । यति मात्र होइन अदानीलाई यो २८ वर्षमा भारतबाट गरिबीको नाम मेटिने विश्वास पनि गरेका छन । हालै मुकेश अम्बानीलाई पछि पार्दै भारत र एसियाकै धनी व्यक्ति बनेका गौतम अडानीले एक कार्यक्रममा यी कुरा भनेका हुन् ।

अदानी समूहका अध्यक्षले आगामी २८ वर्षमा भारतको जीडीपी २५ ट्रिलियन डलरले बढ्ने विश्वास व्यक्त गरे । अहिले भारतको जीडीपीको आकार करिब ३ ट्रिलियन डलर छ । यदि अडानीको भनाइ सत्य साबित भयो भने सन् २०५० सम्ममा भारतको जीडीपीको आकार करिब ३० ट्रिलियन डलर हुने छ । 

‘द वर्ल्ड इन २०५०’ मा भनिएको छ, अन्तर्राष्ट्रिय व्यावसायिक सेवा प्रदायक कम्पनी पीडब्लुसीको प्रतिवेदनमा। प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्नेछ । भारतलाई चीन (चिनियाँ जीडीपी) पछिको स्थान दिइनेछ ।  अमेरिका पहिलो स्थानबाट तेस्रो स्थानमा झर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस