
एजेन्सी । भारतको प्रवर्तन निदेशालय (ईडी) ले यस बैंकका सह–संस्थापक राणा कपूरले प्रोसिडिङ अफ क्राइम (पीओसी) को ठूलो हिस्सा चोरी गरी विदेश लगेको पाएको छ । हाउसिङ फाइनान्स लिमिटेड राणा कपूर उनको परिवार, वाधवान र अन्य विरुद्ध मनी लान्ड्रिंग मुद्दामा भर्खरै विशेष अदालतमा दायर गरिएको आरोपपत्रमा ईडीले खुलाएको थियो ।
केन्द्रीय अनुसन्धान एजेन्सीले आफ्नो नयाँ आरोपपत्रमा दावी गरे अनुसार राणा कपुर, डीएचएफएल प्रवर्द्धक कपिल वाधवान, धीरज वाधवान र अन्यहरू पनि आपराधिक षड्यन्त्रमा संलग्न थिए । ईडीका अनुसार यस बैंकले अप्रिल २०१८ र जून २०१८को बीचमा उक्त बैंकबाट ३,७०० करोड रुपैयाँ भारुको डिबेन्चर खरिद गरेको छानबिनले पत्ता लगायो ।
राणा कपूरलाई पर्याप्त धितो बिना आफ्नो कम्पनी, डीयुभीपीएललाई ६०० करोड रुपैयाँ भारु ऋण दिन बाध्य पारेको थियो । र कपूरको परिवारको स्वामित्वमा रहेको फर्मलाई दिइएको ऋणले सम्पूर्ण कार्यलाई ढाकछोप गर्ने दाबी गरेको छ । ३९ करोड ६८ लाखको सम्पत्तिमा ६ सय करोड ऋण दिएको अनुसन्धानबाट खुलेको छ । कृषि जग्गाबाट आवासीय जग्गा घोषणा गरी ७ सय ३५ करोड रुपैयाँ बढेको बताए ।
सेप्टेम्बर ९, १९५७ मा दिल्लीमा जन्मेका राणा कपूर देशका सबैभन्दा सफल बैंकरहरूको सूचीमा परेका थिए । पढाइको क्रममा उनले अखिल भारतीय व्यवस्थापन संघ (एआइएमए)बाट मानार्थ फेलोशिप, रटगर्स विश्वविद्यालय न्यू जर्सीबाट राष्ट्रपति पदक र जीबी पन्त कृषि विश्वविद्यालयबाट मानार्थ फेलोशिप प्राप्त गरेका छन् । उनकस् श्रीमती विन्दु कपूर र तीन छोरी राधा, राखी र रोशनी छन् ।
एमबीए डिग्री हासिल गरेपछि उनले सन् १९८० मा बैंक अफ अमेरिका (बीओए) मा व्यवस्थापन प्रशिक्षार्थीको रूपमा काम गर्न थाले । सन् १९९० मा उनलाई अध्यक्षद्वारा ईगल पिन प्रदान गरिएको थियो । उनले बैंक अफ अमेरिकामा १६ वर्ष काम गरे । १९९६ मा उनी -ANZ Grindlays Investment Bank –ANZIB) को महाप्रबन्धक र देश प्रमुखको रूपमा सामेल भए । सन् २००४ मा राणाले आफ्ना नातेदार अशोक कपूरसँग मिलेर यस बैंक खोलेका थिए ।
प्रतिक्रिया दिनुहोस