aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

एमालेले पाँच महानगर मेयरको नाम टुंगो लगायो, काठमाडौंमा केशव स्थापित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० बैशाख २०७९
एमालेले पाँच महानगर मेयरको नाम टुंगो लगायो, काठमाडौंमा केशव स्थापित

काठमाडौं ।  काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित उम्मेदवार हुने भएका छन । शनिबार नेकपा एमालेले पाँच महानगर र १० उपमहानगरमा उम्मेदवार टुंगो लगाउने क्रममा काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितको नाम आएको हो 

काठमाडौंको उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ । त्यस्तै, ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई  बनाउने एमालेले उम्मेदवार बनाएको छ ।

भरतपुरको मेयरमा विजय सुवेदी, वीरगञ्जको मेयरमा विजय सारबगी, धनगढी प्रमुख रणबहादुर चन्द,नेपालगञ्ज प्रमुख पशुपतिदयाल मिश्र, तुलसीपुर  प्रमुख टिकाराम खड्का घोराहीमा प्रमुख नरुलाल चौधरी मेयर बन्ने भएका छन् । 

बुटवल प्रमुख बाबुराम खड्का, हेटौंडा अनन्त पौडेल, धरान प्रमुख मञ्जु भण्डारी, इटहरी प्रमुख यमकुमार सुब्बा र कलैया विनोद साह मेयरका उम्मेदवार बन्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस