aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कक्षा १२ को परीक्षाको समय परिवर्तन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ बैशाख २०७९
कक्षा १२ को परीक्षाको समय परिवर्तन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको समय परिवर्तन गरेको छ । यसअघि दिउँसो ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन गर्ने भनिएको भएपनि उक्त समय परिर्वतन गरी बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्ने बताइएको छ । 

आजको गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरी उक्त जानकारी दिइएकोहो । 

बोर्डले जेठ १६ गतेदेखि हुने परीक्षा ११ बजेदेखि २ बजेसम्म सञ्चालन गर्ने गरी चैत ५ र ६ गते नै सूचना प्रकाशन गरेको थियो । 
तर, उक्त समय उपयुक्त नभएको भन्दै समय परिवर्तन गरिदिन बोर्डमा गुनासा आउन थाले पछि बिहान ८ बजेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको बताईको छ । 

आगामी जेठ १६ देखि २५ गतेसम्म कक्षा १२ को वार्षिक परीक्षा हुँदैछ । 

प्रतिक्रिया दिनुहोस