
एजेन्सी । रिलायन्स इन्डस्ट्रिज र फ्युचर ग्रुपबीचको सम्झौता अब सकिएको छ । रिलायन्सले आज फ्युचर ग्रुपसँगको २४७१३ करोड रुपैयाँ भारुको सम्झौता अगाडि बढ्न नसक्ने बताएको छ । समूहको सुरक्षित क्रेडिटले यसको विरुद्धमा मतदान गरेको कम्पनीले जनाएको छ । यसको मतलब रिलायन्सको रिटेल एकाइहरू बीच फ्यूचर ग्रुपको फ्यूचर रिटेल किन्नको लागि २४७१३ करोड रुपैयाँको सम्झौता अस्वीकार गरिएको छ ।
रिलायन्सले आफ्नो नियामक फाइलिङमा यो जानकारी दिएको हो । मुकेश अम्बानीको स्वामित्वमा रहेको कम्पनीका अनुसार फ्युचर ग्रुपको फ्युचर रिटेल र अन्य सूचिकृत कम्पनीहरूले आफ्ना शेयरधनी र ऋणदाताहरूलाई सम्झौतामा छाप लगाउन प्रस्ताव गरेका थिए । तर, यो प्रस्ताव अस्वीकृत भयो ।
शुक्रबारसम्म, फ्यूचर रिटेल लिमिटेडका सुरक्षित ऋणदाताहरूले सम्झौताको विपक्षमा मतदान गरे । जसपछि शनिबार रिलायन्स सम्झौताबाट पछि हट्यो । फ्युचर ग्रुपलाई ऋण दिने क्रेडिटर्सले रिलायन्स इन्डस्ट्रिज र फ्युचर रिटेल एसेटबीचको २४,७३० करोड रुपैयाँको सम्झौता अस्वीकार गरे । यस बैठकमा सार्वजनिक क्षेत्रका बैंकका एक अधिकारीले रिलायन्सले राखेको व्यवस्था योजनाको विपक्षमा सबै ऋणदाताहरूले मतदान गरेको बताएका थिए ।
रिलायन्स र फ्युचरबीचको सम्झौतामा शेयरधनी र ऋणदाताको स्वीकृति लिन फ्युचर समूहसँग सम्बन्धित कम्पनीहरूले यस हप्ता दुईवटा छुट्टाछुट्टै बैठक गरेका थिए । शुक्रबारको बैठकपछि फ्युचर ग्रपले शेयरधनी र असुरक्षित ऋणदाताले सम्झौता स्वीकार गरेको तर सुरक्षित ऋणीले योजना अस्वीकार गरेको जानकारी दिएको थियो । यसपछि रिलायन्स इन्डस्ट्रीजले अब यो सम्झौता हुन नसक्ने भन्दै सम्झौता रद्द गरेको थियो ।
अगस्ट २०२० मा, फ्यूचर समूहले रिलायन्स समूहको कम्पनी रिलायन्स रिटेल भेन्चर्स लिमिटेडसँग २४,७१३ करोड रुपैयाँको मर्जर सम्झौताको घोषणा गरेको थियो । यस सम्झौता अन्तर्गत रिलायन्स रिटेलले रिटेल, होलसेल, लजिस्टिक र वेयरहाउसिङ क्षेत्रमा सञ्चालित १९ फ्युचर ग्रप कम्पनीहरु प्राप्त गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस