aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

पृथ्वी राजमार्गमा बस दुर्घटना, १३ यात्रु घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ साउन २०७६
पृथ्वी राजमार्गमा बस दुर्घटना, १३ यात्रु घाइते

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ ढावमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् । 

नारायणगढबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बा४ख ५९८८ नम्बरको बस सडकबाट अनियन्त्रित भई खस्दा बसमा सवार १३ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा घाइते भएका यात्रुको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । 

उनका अनुसार घाइतेको अवस्था सामान्य छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस