aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

काठमाडौंको फोहोर फेरि उठ्न छाड्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ बैशाख २०७९
काठमाडौंको फोहोर फेरि उठ्न छाड्यो

काठमाडौं । ठेकेदारले बाटो कालोपत्रे नगरेका कारण राजधानीको फोहोर अनिश्चितकालका लागि रोकिएको छ। तीन दिनअघि अल्टिमेटम दिएका स्थानीयले माग पूरा नगरेको भन्दै पुनः फोहोर रोकेका हुन् । मुख-तीनपिप्ले सडक कालोपत्रे गर्नुपर्ने माग गर्दै करिब एक महिनादेखि आन्दोलनरत स्थानीयले काठमाडौँ महानगरपालिकासँग पटकपटक वार्ता गर्दा पनि समस्या समाधान हुन नसकेको भन्दै आइतबारबाट अनिश्चितकालीन रूपमा बन्द गर्ने घोषणा गरेका छन् ।

स्थानीय संघर्ष समितिका संयोजक भवनाथ गजुरेलले माग पूरा नभएसम्म कुनै हालतमा फोहोर लैजान नदिने स्पष्ट पारे। उनले भने – ‘अब हाम्रो अन्तिम आन्दोलन हो, पटकपटक छलफल गर्दा पनि बाटो नबने पछि अनिश्चितकालीन आन्दोलन गर्नुपरेको हो।’ नेपाल समाचार पत्र दैनिक

प्रतिक्रिया दिनुहोस