aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

एलोन मस्कले ४४ अर्ब डलरमा किने ट्विटर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ बैशाख २०७९
एलोन मस्कले ४४ अर्ब डलरमा किने ट्विटर

एजेन्सी । विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कले ट्वीटर खरिद गरेका छन् । मस्कले ट्वीटरलाई ४४ अर्ब डलरमा खरिद गरेका अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । जसको कुल सम्पत्ति २७३.६ बिलियन डलर छ । 

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार कम्पनीको मूल्य ५४.२० डलर प्रति शेयरको हिसाबले लगाइएको छ । जुन कुल ४४ अर्ब डलर हुनेछ । कम्पनीले शेयरधनीहरुलाई सम्झौता अनुमोदन गर्न मतदान गर्न आग्रह गर्नेछ । 

प्रतिक्रिया दिनुहोस