aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कोरोना विरुद्धको खोप लगाउनेमा मुटु सुन्निने समस्या व्यापक: अध्ययन रिपोर्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ बैशाख २०७९
कोरोना विरुद्धको खोप लगाउनेमा मुटु सुन्निने समस्या व्यापक: अध्ययन रिपोर्ट

एजेन्सी । युरोपमा गरिएको एक अध्ययनमा कोरोना भाइरस विरुद्धको खोप लगाएकाहरूमा नलगाएका व्यक्तिहरूको तुलनामा मुटु सम्बन्धी समस्या बढी देखिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख भए अनुसार पछिल्लो अध्ययनले मायोकार्डिडिस्ट र पेरीकार्डिडिस्ट नामक दुई प्रकारका मुटु सुन्निने रोगहरू कोरोना विरुद्धको खोप लगाएकाहरूमा देखाएको हो । 

इपोज टाइम्स नामक समाचार संस्थाले प्रकाशित गरेको समाचार अनुसार युरोपका फिनल्यान्ड, डेनमार्क, स्वीडेन र नर्वेमा गरिएको अध्ययनमा १६ देखि २४ वर्ष उमेर समूहका व्यक्तिहरूमा यस्तो समस्या बढी देखिएको छ । 

प्रति एक लाख जनामा ३८ जना यस्ता समस्याबाट ग्रसित रहेको सो रिपोर्टमा उल्लेख छ । अध्ययनकर्ता मध्यका एक प्रोफेसर डा. रिकार्ड लिजुनलाई उदृत गर्दै सो समाचारमा खोप नलगाउने भन्दा लगाउनेमा १५ गुणा बढी यस्तो समस्या देखिएको उल्लेख छ । 

फाइजर र मोर्डनाको खोप लगाउनेहरूमा बढी यस्तो समस्या देखिएको समेत सो रिपोर्टमा उल्लेख गरिएको छ । राष्ट्रिय स्वास्थ्य दर्ता पुस्तिकाबाट तानिएको तथ्याङ्कको आधारमा २३.१ मिलियन मानिसहरूमा गरिएको अध्ययनमा यस्तो देखिएको समेत त्यहाँ जनाइएको छ । 

द जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित पछिल्लो अध्ययन रिपोर्टले त्यसभन्दा पहिले गरिएको अर्को एक अध्ययन रिपोर्टलाई प्रमाणित गरेको समेत सो समाचारमा उल्लेख गरेको छ । त्यसबाहेक हालै प्रकाशित अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम विभागद्वारा गरिएको अर्को अध्ययनमा समेत खोप लगाएका व्यक्तिहरूमा मुटु सुन्निने समस्या व्यापक देखिएको उल्लेख छ । 

स्मरण रहोस्, केही युरोपियन मुलुकहरूले सन् २०२१ मा नै मोर्डना खोपका कारण मुटु सुन्निने समस्या बढेको भन्दै सो खोप लगाउन बन्द  गरेका थिए । अहिले अत्यन्तै कम मात्रामा मात्र त्यस्तो हुन सक्ने भन्दै प्रचार गरिएको सो समस्या वास्तवमै सोचे भन्दा निकै बढी मात्रामा घातक देखिएको रिपोर्ट प्रकाशित भएको हो । 

प्रतिक्रिया दिनुहोस