aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

कांग्रेसको घोषणा पत्रमा पुरातात्विक सम्पदा स्थानीय सामग्रीबाटै निर्माण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ बैशाख २०७९
कांग्रेसको घोषणा पत्रमा पुरातात्विक सम्पदा स्थानीय सामग्रीबाटै निर्माण

काठमाडौं । नेपाली कांग्रेसले पुराना पाटीपौवा, मठमन्दिर, चैत्य गुम्बालगायत पुरातात्विक सम्पदालाई सोही स्वरुपमा स्थानीय सामग्रीबाट निर्माण गर्ने नीति लिएको छ । स्थानीय तहको निर्वाचनका लागि पार्टीले जारी गरेको घोषणापत्रमा धार्मिक धरोहरको अभिलेखीकरण गरी संरक्षण र संवद्र्धन गर्ने प्रतिबद्धता जनाइएको छ ।  

मौलिक कला र संस्कृति जगेर्ना गर्दै विश्वसामु उजागर गर्ने, गीत सङ्गीतसम्बन्धी तालिम सञ्चालन, चाड, पर्व, उत्सव, मेला, सङ्गीत र नाचको जगेर्ना गर्न स्थानीय युवालाई तालिम दिँदै जागरणका कार्यक्रम गरिने भएको छ । 

सबै जातजातिका परम्परागत जात्रा, पर्वको संरक्षण, सञ्चालन र व्यवस्थापन, विभिन्न समुदायमा प्रचलित हिंसा, कुरीति र विभेदकारी प्रथालाई बन्देज गरिने, संस्कृति, भाषा, साहित्य, चालचलन, गीत, सङ्गीत, रहनसहन, वाङ्मय, स्थानीय दर्शनको सूचीकरण, अध्ययन तथा अनुसन्धान गरी संरक्षण तथा प्रवद्र्धन गरिने र स्थानीय कला संस्कृतिको जगेर्ना गर्न चाडपर्व, उत्सव, मेला तथा सङ्गीतको जगेर्नालाई पनि कांग्रेसले प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस