aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

हिमानी शाहले ससुराको किताब बेचेर बाढीपीडितलाई सहयोग गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ साउन २०७६
हिमानी शाहले ससुराको किताब बेचेर बाढीपीडितलाई सहयोग गर्ने

काठमाडौं ।  पूर्वयुवराज्ञी हिमानी शाहले ससुरा पूर्वराजा ज्ञानेन्द्र शाहको किताब ‘सन्देश संग्रह’ बचेर त्यसबाट उठेको रकम बाढीपीडितलाई प्रदान गर्ने भएकी छिन् । 
हिमानी शाहले आज हिमानी ट्रष्टद्वारा आयोजित कार्यक्रममा बोल्दै किताब बिक्रीबाट आएको रकम दैवी प्रकोप उद्धार कोष स्थापना गरी त्यसबाट आएको रकमले  औरहीका अग्नी पीडित, पश्चिम खारापानीका बाढी पीडित, सुर्खेतका बाढी पीडितलाईजानकारी दिएकी हुन् । पूर्वराजा ज्ञानेन्द्रको जन्मदिनका अवसरमा प्रकाशित उक्त पुस्तक पूर्वराजा ज्ञानेन्द्र शाहले ५ सय प्रति हिमानी ट्रष्टलाई दिएका छन् । उक्त किताबको मूल्य ५ हजार ५ सय ५५ रुपैयाँ तोकिएको छ ।
 

प्रतिक्रिया दिनुहोस