aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

एलोन मस्कको निशानामा भारतकी विजया गड्डे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ बैशाख २०७९
एलोन मस्कको निशानामा भारतकी विजया गड्डे

एजेन्सी । ट्विटर र एलोन मस्कको सम्झौतापछि अर्को नामको चर्चा सुरु भएको छ । उनको नाम विजया गड्डे हो, जो ट्विटरको नीति प्रमुख हुन्। पछिल्लो रिपोर्ट अनुसार, विजया ट्विटरको बोर्ड बैठकमा भावुक भएर रुन थालिन्। यसको पछाडिको कारण भनेको सेन्सरसिपसँग सम्बन्धित निर्णयलाई लिएर मस्कले विजया गड्डेलाई निशाना बनाएको बताइएको छ ।

वास्तवमा, गड्डेले अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनको ल्यापटपमा बनाइएको एक विशेष कथाको कारणले न्यूयोर्क पोस्टको खाता निलम्बन गरे। उनको यो कदमको मस्कले आलोचना गरेका छन् र यसलाई एकदमै गलत कदम भनेका छन् ।

४८ वर्षीया विजया गड्डेले ट्विटरको सुरक्षा, कानुनी मुद्दा र संवेदनशील मामिलाहरू सम्हाल्छिन्। उनी सन् २०११ मा ट्विटरमा आवद्ध भएकी थिइन् र त्यसबेलादेखि उनले कम्पनीको कानुन र नीतिगत मामिलाहरू सम्हाल्दै आएकी छिन्। विजयालाई ट्विटरको कार्यकारी टोलीमा सबैभन्दा शक्तिशाली महिला मानिन्छ। विजया गड्डे कम्पनीको सेन्सरसिप सम्बन्धी निर्णयहरूको लागि जिम्मेवार मानिन्छन्। विजयाले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट पनि प्रतिबन्ध लगाउने निर्णय लिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस