aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

प्रधानमन्त्रीको उपचार खर्च सरकारले नबेहोर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ साउन २०७६
प्रधानमन्त्रीको उपचार खर्च सरकारले नबेहोर्ने

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च सरकारले नबेहोर्ने भएको छ । सञ्चार मन्त्री गोकुल बाँस्कोटाले आइतबार पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएका हुन् । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि शनिबार राति सिंगापुर प्रस्थान गरेका छन् ।

“प्रधानमन्त्रीले आफ्नै खर्चमा उपचार गर्नुहुन्छ,” बाँस्कोटाले पत्रकार सम्मेलनमा भने, “सरकारी कर्मचारीको खर्च, आउने जाने, बसोबास खर्च भने सरकारले स्वीकृत गरेको छ । प्रधानमन्त्रीको भाडाबाहेक अन्य उपचार खर्च सरकारले बेहोर्दैन ।”

प्रतिक्रिया दिनुहोस