aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रले तालिममा खर्च गरे ७० लाख ८१ हजार

  • मानमती पन्त
    मानमती पन्त
  • आइतबार, १९ साउन २०७६
घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रले तालिममा खर्च गरे ७० लाख ८१ हजार

काठमाडौं । राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रले गत आर्थिक बर्ष ७० लाख ८१ हजार मात्र खर्च गरेको छ ।   

नेपाल सरकारले २०७५/७६ मा केन्द्रको लागि ९६ लाख २९ हजार बजेट छुट्याएकोमा ७० लाख ८१ हजार मात्र खर्च गरेको हो ।  

अघिल्लो आर्थिक बर्षको तुलनामा गत बर्ष कम बजेट आए पनि खर्च पुगेर बाकी रहेको केन्द्रका निर्देशक सुरेश श्रेष्ठले बताए । गत आवमा बजेट आउन ढिलो भएको कारण पहिलो चौमासिक कार्यक्रम सञ्चालन नभएकाले थोरैलाई तालिम दिएको उनले बताए । 

तालिम लिन आउने व्यक्तिको मागअनुसार कार्यक्रम सञ्चालन गर्ने गरेको समेत उनको भनाइ छ । आफ्नो व्यवस्थापन तथा खर्चबाट माग एवं आवश्यकता देखिएका सबै तालिम कार्यक्रम सञ्चालन गर्न सम्भव नभएको तथा अन्य अनुभवी निकायसंँग संयुक्त रुपमा खर्च व्यहोर्ने गरी तालिम सञ्चालन गर्दा थप प्रभावकारी हुने उनको भनाइ छ ।

राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रले गत आर्थिक वर्षमा १२ सय ८ व्यक्तिलाई व्यवसायिक तालिम दिएको छ । दुर्गम तथा पिछिडिएका क्षेत्रका युवा युवती, महिला तथा एकल महिलालाई तालिमपछि स्वरोजगार बनाउन सो तालिम दिएको हो । 

केन्द्रका अनुसार हाउस वायरिङको तालिम ३७ जना, उद्यमशीलता विकासको तालिम ३ सय ८८ जना, खाद्य प्रशोधन २६ जना, वेसि क प्याट्रन सिलाई ९८ जना, एड्भान्स प्याट्रन सिलाई ५७ जना, फेसन डिजाइन ५४ जनालाई तालिम दिएको छ । 

त्यस्तै हाते इम्ब्रोइडरी २१ जना, मेसिन इम्ब्रोइडरी १८ जना, क्रिस्टल सामग्री उत्पादन ८१ जनालाई तथा मखमल, ढाका जुत्ता, चप्पल उत्पादन ७५ जनालाई, हाते कागज र फेल्ट उत्पादन २९ जना, कागज वस्तु र स्क्रिन प्रिन्ट ९ जना, रबर मोल्डिङ र रेजिन वस्तु उत्पादन २२ जना, ह्वील थ्रोइङ २२ जना, बेकरी १२२ जना, साधारण व्युटिसियन २८ जना, डल बनाउने ११० जना र प्लम्बिङको ११ जनालाई प्रशिक्षण दिएको छ । 

प्रतिक्रिया दिनुहोस