aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

कूटनीतिक बहस पन्छाएर चुनावी प्रचारमा परराष्ट्रमन्त्री खड्का

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • शुक्रबार, १६ बैशाख २०७९
कूटनीतिक बहस पन्छाएर चुनावी प्रचारमा परराष्ट्रमन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का महत्त्वपूर्ण सम्मेलनमा भाग लिने कूटनीतिक निम्तो छाडेर पार्टीगत चुनावी प्रचारमा होमिएका छन् । भारतमा बिहीबार सम्पन्न भू–राजनीति र भू–अर्थशास्त्रमा महत्त्वपूर्ण मानिने ‘रायसिना डायलग’ मा भाग लिन नगई मन्त्री खड्का गृहजिल्ला उदयपुरमा व्यस्त भएका हुन् ।

भारत सरकारको विदेश मन्त्रालयसँगको साझेदारीमा अब्जर्भर रिसर्च फाउन्डेसन ९ओआरएफ० ले सम्मेलन आयोजना गरेको हो । सम्मेलनको उद्घाटन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डेर लेयनले गरेका थिए ।

भारतको विदेश मन्त्रालयका अनुसार तीनदिने सम्मेलनमा ९० भन्दा बढी मुलुकका २ सय १० भन्दा बढी वक्ताले एक सयभन्दा बढी सत्रमा छलफल गरे । भारतसहित विभिन्न मुलुकका विदेशमन्त्रीदेखि अन्य मन्त्री र विभिन्न क्षेत्रका विज्ञको उक्त संवादमा उपस्थिति भएको थियो ।

प्रतिक्रिया दिनुहोस