
एजेन्सी । रुस युक्रेन युद्ध भएको ६५ दिन बितिसकेको छ । रुसको आक्रमणबाट युक्रेनको पूर्वाधारमा नराम्ररी क्षति पुगेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सहयोग गर्न अमेरिकी कंग्रेसमा ३३ अर्ब डलरको प्रस्ताव गरेका छन् । यो रकममध्ये २० अर्ब डलर सैन्य सहायता, ८.५ अर्ब डलर युक्रेनी सरकार र बाँकी ३ अर्ब डलर जनतालाई सहयोग गर्न सकिनेछ ।
अर्कोतर्फ, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस अघिल्लो दिन युक्रेनको राजधानी कीभ पुगेका छन् । यहाँ उनले सहरका विभिन्न भागको भ्रमण गरे र युद्ध अपराधको जिम्मेवारी निर्धारण गर्न माग गरे। संयुक्त राष्ट्रसङ्घका प्रमुखको कीभ भ्रमणका क्रममा सहरमा रुसी आक्रमण सुरु भएको छ । सहरको सैन्य प्रशासनले भने रुसी सेनाले अघिल्लो दिन सहरमा ३ वटा मिसाइल प्रहार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस