
२०२१ को ‘डाटा रिपोर्टल’ अनुसन्धान अनुसार, संसारमा ५.२ बिलियनभन्दा बढी मानिसहरूले मोबाइल फोनको प्रयोग गर्छन् । यो विश्व जनसङ्ख्याको लगभग दुई तिहाइ अंश हो । मार्केटरहरूका लागि मेसेज प्रस्ट छ, ‘आफ्ना ग्राहकहरूसम्म उनीहरूकै फोनमार्फत् पुग्नुहोस् ।’ राकुटेन भाइबरका सिनियर पार्टनरसिप अकाउण्ट डाइरेक्टर नोवा बार(शे यसका उपायहरू बताउँछन् ।
समयसमयमा जुनै पनि बिजनेसले आफ्ना सेवाग्राहीहरूलाई जानकारी पठाइरहनु पर्छ । उदाहरणका लागि विशेष अफर, उनीहरूको स्टेटस अर्डरमा आएको परिवर्तन वा डेलिभरीजस्ता प्रसंगबारे जानकार गराउनका निम्ति सूचनाहरू प्रसारण गर्नुपर्दछ । यसका साथै आफ्नो व्यवसायलाई फाइदा पुर्याउँदै सेवाग्राहीहरूसँग जानकारीमूलक कम्यूनिकेशन निर्माण गर्नु हरेक बिजेनसका लागि चुनौतीको विषय हो । जबकि एसएमएस र ईमेल जस्ता परम्परागत शैलीहरूले सेवाग्राहीहरूको ध्यान आकर्षित नगर्न सक्छन् । ग्राहक आधारित व्यवसायहरूले ग्राहकहरूसँगको कम्यूनिकेशनमा सुधार ल्याउनका लागि आफ्ना ग्राहकहरूले बढी प्रयोग गर्ने मेसेजिङ एप प्रयोग गर्न सक्छन् ।
पछिल्लो वर्षहरूमा आफ्ना ग्राहकहरूसँग नजिक भएर उनीहरूलाई अनुकूल पर्ने समयमा कम्यूनिकेट गर्ने चलनको विकास भएको छ । आफूले अधिकांश समय बिताउने एपमा प्रयोगकर्ताहरू आफ्ना सबै सामाञ्जस्यता गर्न रुचाउँछन् । एक्ससेन्चुयर अनुसन्धानको अनुसार ८१ प्रतिशत मानिसहरू आफूले रुचाएको कम्युनिकेशन च्यानलमार्फत् कम्यूनिकेट गर्ने ब्राण्डहरूप्रति बढी इमान्दार रहेको पाइएको छ । कुराकानी सुरु गर्ने देखि अन्त्य गर्ने अवसर, ब्राण्डसँगको समस्याहरू च्याटमार्फत् समाधान गर्ने र आफ्ना निश्चित रुचिहरूलाई लक्षित गरिएको योजनाबारे सान्दर्भिक जानकारीहरू पाउने —विषयहरूमा व्यवसायहरूसँग गरिने अन्तरक्रियामा प्रयोगकर्ताहरू आफ्नो नियन्त्रण चाहन्छन् ।
बिजनेस मेसेज ब्राण्डहरूका लागि सापेक्षिक रूपमा संचारको नयाँ उपाय र विस्तृत फिचरहरूका साथ विकसित एसएमएसको प्रारुप हो । एसएमएस मार्केटिङको प्रारम्भिक दिनहरूमा ‘बल्क मेसेजिङ’ प्रभावकारी हुन्थ्यो तर आजको दिनमा सोही कुरा प्रभावकारी नहुनसक्छ । ग्राहकहरूले हजारौँ ब्राण्डहरूमा, उनीहरूसँग सजिलै कम्यूनिकेट गर्ने र सल्लाह(सुझाब लिने ब्राण्डनै रुचाउछन् । आफ्ना व्यवसायलाई अझ फाइदा पुर्याउने उद्देश्यका साथ क्रमशः एपहरूमा बिजनेस मेसेजिङहरूले सेवाग्राहीहरूसँग एकतर्फीय कम्यूनिकेशन बाट दुई तर्फीय कुराकानी गर्न मिल्ने च्यानलको विकास गरिरहेका छन् ।
किन बिजनेस मेसेजहरूलाई व्यवसायहरूले ध्यान दिनुपर्छ ?
विश्वका हजारौँ ब्राण्डहरूले ‘पर्सनलाइज्ड मेसेजिङ’को आवश्यक्ता बुझेर आफ्ना ग्राहकहरूसँग मेसेजिङ एपमार्फत् कम्यूनिकेट गर्न मन पराउछन् । बिजनेस मेसेज, बैंक, खुद्रा व्यापारी, डेलिभरी सर्भिस र विभिन्न उद्योगका व्यवसायीहरूले प्रयोग गर्न सक्छन् । ब्रान्डहरूले ग्राहकहरूलाई उनीहरूको बिजनेस मेसेजहरूमा विश्वास गर्न सक्छन् भनेर देखाउनुपर्छ।
उदाहरणका लागि, अनलाइन अर्डर गर्ने वा लोयलटी फर्म भरेको मानिसहरू जसले ब्राण्डबाट नोटिफिकेशन बुझ्नेर रिसिभ गर्ने अनुमती दिएकालाई मात्र भाइबरमा कम्पनीको क्लाइन्ट बेसबाट बिजनेस मेसेज पठाइन्छ । यसका साथै, प्रयोगकर्ताहरूले ब्राण्डको सत्यताबारे सजिलै चेक गर्नु सक्छन्आ । धिकारिक बिजनेस अकाउण्टको नामको छेउमा नीलो चिन्ह हुन्छ, जसले उक्त अकाउण्ट भाइबर टीमद्वारा प्रमाणित अकाउण्ट हो भन्ने जनाउँदछ ।
आधिकारिक बिजनेस अकाउण्टले कम्पनीको लोगो, ठेगाना र फोन नम्बर जस्ता कम्पनीको जानकारीहरू समावेश गरेको हुन सक्छ । त्यसबाहेक, ग्राहकले कम्पनीको तर्फबाट आएको पहिलो मेसेजमा मेसेजको उद्देश्य, पठाउनेको नाम र यसलाई खोल्न पहिले नै मेसेजको प्रसङ्ग र मेसेजको शिरमा ’पपअप वीइन्डो’ देख्न सक्नेछ ।
सुविधाजनक ब्राण्ड प्रमाणिकरण बाहेक, भाइबरले व्यवसाय र प्रयोगकर्ताहरूलाई निजी च्याट र कलहरूको एण्ड टू एण्ड इन्क्रिप्सन, साथै बिजनेस मेसेजहरूका लागि ट्रान्जिटमा इन्क्रिप्सनद्वारा सुरक्षित कम्यूनिकेशन प्रदान गर्दछ। साथै भाइबरले सर्भरमा मेसेज स्टोर गर्दैन र सुरक्षित ज्त्त्एक् कनेक्शन मात्र प्रयोग गर्छ ।
बिजनेस मेसेजका फाइदाहरू
नियमीत एसएमएसको विपरित बजिनेस मेसेजहरू स्थानीय, सुरक्षित र ब्राण्ड कम्यूनिकेशनको द्विपक्षीय तरिका मात्र नभएर तिनीहरू प्रभावकारी, विश्लेषणात्मक उपकरणहरूको विस्तृत सेटको साथै मित्वययी च्यानल पनि हुन् ।
एसएमएस १६० अक्षरसम्मका मात्र छोटो लेख हो क कहिलेकाही बिजनेस मेसेज धेरै अन्तक्रियात्मक हुन्छन् । भाइबर बिजनेस मेसेजहरूमा १००० अक्षरसम्मको टेक्स्ट, तस्विरहरू, लिङ्क, र निर्देशनहरू, वारेन्टी कार्डहरू, आदिसहित विभिन्न प्रकारका फाइलहरू समावेश गर्न सकिन्छ ।उदाहरणका लागि, एउटै च्याटमा कम्पनीहरूले ग्राहकहरूलाई इनभ्वाइसहरू पठाउन सक्छन्, अर्डरका सर्तहरू छलफल गर्न सक्छन्, र ग्राहकका प्रश्नहरू समाधान गर्न सक्छन्, तिनीहरूबाट तस्बिर वा भिडियोहरू प्राप्त गर्न सक्छन् ।
प्रतिक्रिया दिनुहोस