
एजेन्सी । भारतीय फिल्म ‘केजीएफ–२’ले एक हजार करोड भारतीय रुपैयाँ कमाएको छ । केजीएफ–२ एक कन्नड चलचित्र हो । एक सय करोडमा बनेको यस फिल्मले विश्वभरबाट एक हजार करोड कमाएको हो।
भारतिय सञ्चार माध्यमका अनुसार आरआरआर, बाहुबली २ र दंगलपछि केजीएफ–२ ले एक हजार करोड कमाउने चौथो भारतीय फिल्म बनेको हो । यी चार फिल्ममध्ये तीन साउथका फिल्म हुन् । आरआरआरले एक हजार एक सय १५ करोड, बाहुबली २ ले एक हजार आठ सय १० करोड र दंगलले दुई हजार २४ करोड कमाएको छ।
कन्नड भाषामा निर्माण भएको यो फिल्म सन् २०१८ मा बनेको ‘केजिएफ १’ को दोस्रो भाग हो। यस फिल्ममा यश, सञ्जय दत्त, रविना टण्डन र श्रीनिधि शेट्टीको मुख्य भूमिका छ ।
प्रतिक्रिया दिनुहोस