aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

भारतमा राजस्व सङ्कलनमा नयाँ रेकर्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ बैशाख २०७९
भारतमा राजस्व सङ्कलनमा नयाँ रेकर्ड

एजेन्सी । अप्रिलमा भारतमा गुड्स एण्ड सर्भिस ट्याक्स(जीएसटी) राजस्व १.६८ लाख करोड रुपैयाँ भारु पुगेको छ । यो अहिलेसम्मको जीएसटी राजस्वको सबैभन्दा ठूलो आंकडा हो । समाचार एजेन्सी पीटीआईका अनुसार अप्रिल, २०२२ को राजस्व गत वर्षको सोही महिनाको आंकडाभन्दा २० प्रतिशत बढी हो ।

परिपालनामा सुधार आएपछि जीएसटी सङ्कलन बढेको अर्थ मन्त्रालयले जनाएको छ ।  यो पहिलो पटक हो कि जीएसटी संकलन १.५ लाख करोड रुपैयाँ नाघेको छ । यसअघि मार्चमा, जीएसटी सङ्कलन १,४२,०९५ करोड रुपैयाँ भारु थियो ।  जुन अघिल्लो महिनामा सबैभन्दा बढी जीएसटी सङ्कलन थियो।

प्रतिक्रिया दिनुहोस