
काठमाडौं । गुडिरहेको मोटरसाइकलबाट खस्दा एक युवतीको मृत्यु भएको छ । टोखा नगरपालिका–९ नयाँ बसपार्क नजीक आतबार विहान बा५३प ९६५४ नंको मोटरसाइकलमा सवार १९ वर्षीय रानी श्रेष्ठको मृत्यु भएको हो ।
महानगरीय प्रहरी प्रभाग गोँगबुका प्रमुख, प्रहरी निरीक्षक सन्तोषसिंह दाहालले मोटरसाइकलको पछाडि बसेकी श्रेष्ठ म्याग्दी चोक नजीक खसेर बेहोस भएपछि उपचारका क्रममा विनायक अस्पताल गोँगबुमा लैजाँदा मृत्यु भएको जानकारी दिए । मोटरसाइकलका चालकलाई भने नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस